यदि हजुर कसैको आमा या बाबा हुनुहुन्छ भने एक पटक मजाले पढिदिनु होला, मेरो नम्र नीवेदन |
कहीले पनी आफ्नो छोरलाई फलानोको छोरा संग नदाज्नु | उनिहरु सँग त्यो स्रोत साधन हुनसक्छ जुन हामी संग हुन नसक्ला |
म चाही फलानो को छोरा जस्तो हुन सकिन |
फलानो को छोरा ले राम्ररी पढ्छ किनकी उस्लाई केही को कमी भएन होला, तर मलाई नी ? छोड्नुस, कमी भएनी म तेही कमी मा पढ्न कोसिस गर्छु। फलानो को छोरा संग हिसाब गर्न क्याल्कुलेटर छ , उसको हरेक महिना को फीस समयमा तिरिन्छ,
तर मेरो,
समय मै नतिरे पनी पढ्न पाको छू, हल्का नराम्रो लागे नि खुसी नै भएर पढ्नु पर्यो | फलानो को छोरा लाई बाबा ले टप 5 मा पर्दा नि हौसला दिएर स्याबास भन्दै केही उपकरण हरू ल्याइदिनु हुन्छ, तर म पनी तृतीय त भाको थिए नि ! तर चाहिदैन मलाई केहि पनि, हजुर खुसी हुनु भयो त? तर हजुर ले त तृतीय मात्र भईस, प्रथम हुन प्रयास गर भन्नु भयो, तेइपनी मैले सही भन्नु भयो भने र हल्का दुखी भए नि मुस्कुराईरहे |
फलानो को छोरा टुर जादै छ बाबा “मलाई नी टुर जान अनुमति दिनुस न ??”
हुन त है हजुर ले ठिकै भन्नु भयो, म घुम्न लाई स्कुल गाको होर, पढ्न पो त | येसै पढेर बस्छु घरमै |
फलानो छिमेकी को छोरा ले दशैं मा बाबा संग पैसा मागेर कपडा किन्यो, मलाई नी किन्दिनुस न? भन्दा केलाई चाइयो, छ त भन्नुभयो | हुन नि हो, लगौन पुग्या छ किन चाहियो नया है बाबा | नरमाइलो लाग्यो तर केहि छैन ।
फलानो को छोरा को बानी बेहोरा राम्रो छ किनकी उसलाई चिन्ता लिनु पर्ने केही छैन, घर मा केही झैझगडा होला भन्नि, तर हाम्रो मा त म एउटा छु, भनेको नमान्ने है, हल्का कमी कमजोरी भएपनी सहन्छु के गर्नु र |
फलानो छिमेकी को छोरा त पिकनिक जादै छ बाबा म नि जाउँ ? “खुरुक्क घर मै काम गर, त्यो बनभोज त गईरहिन्छ बेला बेला मा |”
खै अब आज सम्म गईएन, यो पालि नि के जानु र है, छोड्दिनु जान्न |
ठिकै छ हजूर ले फलानो को छोरा को उन्नति देख्नुभयो, प्रगती देख्नु भयो, तर ती स-साना कुरा पुरा नहुदा को यो न्याउरो मुख, यो हल्का दुखी मन्, यो झुटो खुसी को हासो देख्नु भयो त बाबा ??
खै के भनुम हजुर लाई, फलानो छिमेकी को छोरा नियाल्दै फुर्सत भएन जस्तो छ , छोड्दिनुस |
उससंग केही कमी थिएन होला, भौतिक र मानसिक रुप ले ऊ अब्बल थियो, तर मेरो? त्यो देखावटी हासो र खुसी ले ठडाएर ठिक्क देखिएको म त मानसिक रूप ले त कमजोर पो भएछु, कसरी खै, पत्तै पाईन! तेस्ता जाबा कुरा ले नी फरक पार्छ र तैत ! तर पनी खै किन म प्रयास गर्दा नी उस् जस्तो भईन |
ए ममी बाबा म ऊस जस्तै हुनुपर्छ र ? आफु जस्तै एउटा हुन सकिन्न र? फलानो को छोरा ले जागिर राम्रो खाको छ, उसले राम्री केटी बिहे गरेको छ, उसले धन कमाको छ, सम्पत्ति जोडेको छ किनकी उसलाई परिवार को साथ थियो | तर मलाई ?
हुन त किन चाहियो साथ है बाबा, केटा मान्छे हो, एक्लै भए पनी डटी रहनु पर्छ | एक्लै भएनी गर्न सकिन्छ भन्ने जस्तो भएर बस्नु पर्छ । मैले नी तेस्तै जागीर खानु पर्यो भन्नु हुन्छ । जिन्दगी सबैको कहाँ ऎउटै हुन्छ र, उसले हिनेको बाटो फरक अनी मैले हिनेको अर्के, अनी हजुर गन्तब्य चै ऎउटै खोज्नु हुन्छ, कसरी पुर्याऊ म ??
तर केही छैन प्रयास गर्छु नी है। एउटा कुरा हजुर हरु लाई सोधुम ??
बाबा ले सोध भन्दा मैले सोधे, “हजुर ले ठिक छ मलाई फलानो को छोरा सँग दाज्नु भयो, मैले त प्रयास गर्दा पनि सकिन तर एकक्षण सोच्नुस त, के हजुर हरु ले पनि तेस्तै गर्नु भयो होला त मलाई जस्तो कि फलाना ले आफ्नो छोरा लाई गरे?”
माफ गर्नु है बाबा, बडी बोले होला के गर्नु एती सब देखेर बुझेर होला कस्तो यो नराम्रो मुख्मुखे लाग्नी बानी लमेको ।
म उस जस्तो हुन सकिन र हुनु नि छैन | म त हजुर को छोरा बन्न चाहन्छु । मैले त हजुरलाई हेर्ने हो पछि, फलानो लाई हैन । हजुरहरु ले नी प्रयास गर्नु भएकै हो मलाई नी सब थोक पुर्याउन , तर सक्नु भएन ठिकै छ तर पनि किन मलाई भरिपुर्ण भाको त्यो फलानो को छोरा सँग दाज्नु हुन्छ ???
ठिकै छ बाबा, हजुर को यो थप्पड ले जवाफ पाए, अब म केही प्रश्न गर्दिन | अब जे गर्न सक्छु गर्छु, फलानो को छोरा जस्तो त हुन नसकिएला तर हजुर को शिर चै कहिले झुक्न दिने छैन |
म त फलानो को छोरा जस्तो बन्न सकिन, तर आफ-आफ्ना छोरा लाई चै कसै सँग पनि नदाज्नु है | उनीहरु आफै मा केही हुन्, उस्लाई हेर्न खोज्नु होला, उनीहरु को प्रयास मा खुसी हुनु, अरु सँग नापेर हैन |